राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्साको जगन्नाथपुर गाउँपालिका–६, बहुअर्वा प्रसौनीमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
जगन्नाथपुर गाउँपालिका सभापति पशुराम साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य रमाकान्त चौरसियाको प्रमुख अतिथिका रहेको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु, प्रतिनिधिसभा सदस्य टेकबहादुर साक्य र सुनिता चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तथा विशिष्ट अतिथि सुशील कुमार कानुले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै आगामी स्थानीय तह निर्वाचनमा पनि ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकारका कामकारबाहीबारे चर्चा गर्दै सरकारका गतिविधि तथा उपलब्धिबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा रास्वपा पर्साका जिल्ला उपसभापति दिलीप कुमार कुर्मी, जिल्ला सदस्य प्रियंका पटेल, क्षेत्र नम्बर ३ का सभापति प्रदीप जैसवाल, क्षेत्र नम्बर २ का सभापति फैयाज मियाँ र क्षेत्र नम्बर ४ का सभापति जितेन्द्र मिश्राको उपस्थिति रहेको थियो।
त्यसैगरी, ठोरी गाउँपालिका सभापति माधव बस्नेत, जिराभवानी गाउँपालिका सभापति रमाकान्त चौधरी, धोबिनी गाउँपालिका सभापति सुदिल पटेल, छिपहरमाई गाउँपालिका सभापति उमेश यादव, बिन्दवासिनी गाउँपालिका सभापति विनोद चौरसिया र सखुवा प्रसौनी गाउँपालिका सभापति शम्भु यादव पनि कार्यक्रममा सहभागी भएका थिए।
मधेस प्रदेशका शिक्षा उपप्रमुख सोनालाल पटेलको समेत उपस्थिति रहेको कार्यक्रममा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा जगन्नाथपुर गाउँपालिका–६ का निर्वाचित वडाध्यक्ष रामअयोध्या पटेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन दिनेश पटेलले गरेका थिए।