काठमाडौं | जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ ।
पार्टीका महासचिव लालबाबु राउतले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने दाबी गर्नुभएको छ । जसपाले विधेयकले वन–जंगल विनाश गरी तराई–मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खतरा रहेको आरोप लगाएको छ ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढेपछि जसपाको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔं’ अभियान अन्तर्गत देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
जसअनुसार पार्टीले भदौ ९ देखि १५ गतेसम्म देशभरका विभिन्न शहरमा विरोध प्रदर्शन गर्ने जनाएको छ । साथै, आमजनसमुदायलाई सो कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ ।

भिडियाे सामाग्री