काठमाडौं | साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
दुवै टोली आज दोस्रो जितको खोजीमा रहनेछन्। यसअघि नेपाल भारतसँग पराजित भए पनि भुटानलाई हराएको थियो। यस्तै, भारतसँग हार बेहोरेको बङ्गलादेशले पनि भुटानलाई पराजित गरेको छ ।
अहिलेसम्मको तथ्याङ्कअनुसार साफ महिला च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबीच ६ पटक आमनेसामने खेलिएको छ । जसमा बङ्गलादेशले ४ खेलमा जित निकाल्दा नेपालले १ खेलमा मात्र जित हात पारेको छ भने १ खेल बराबरीमा टुंगिएको छ ।
राउण्ड रोबिन पद्धतिमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेश सहभागी छन् । प्रतियोगिताको तालिकाअनुसार नेपालले भदौ ११ गते बङ्गलादेश, भदौ १३ गते भारत र भदौ १५ गते भुटानसँग खेल्नेछ ।
भिडियाे सामाग्री