अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठूलो मानवीय क्षति पुर्याएको छ ।
पछिल्लो दुई दिनमा १८ जनाको मृत्यु भएको छ, जसमध्ये सबै मृतक इलाम जिल्लाका रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार मृतकहरू यसप्रकार रहेका छन् :
- सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङ: ५ जना
- माङसेबुङ गाउँपालिका–१, पाटिगाउँ: ३ जना
- देउमाई नगरपालिका–५, धारे: १ जना
- देउमाई नगरपालिका–५, धुसुने: २ जना
- फाकफोकथुम गाउँपालिका–३, रातमाटे: १ जना
- इलाम नगरपालिका–५, घोसगाउँ: ६ जना
यससँगै इलाम जिल्लामा बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
अविरल वर्षाका कारण इलामका अन्य क्षेत्रमा समेत क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीय टोली परिचालन भइरहेको जनाइएको छ ।