वीरगंज महानगरपालिका–३१, बेल्वास्थित सानो पाइलाले अस्पताल सञ्चालनका लागि निःशुल्क रुपमा लिएको दुई कट्ठा जग्गा तीन वर्षदेखि अलपत्र छोडेको छ । १० लाख समेत खर्च नभएको भवनमा ६० लाख खर्च देखाएर सञ्चालन गर्ने भनेर अलपत्र छाडेको स्थानीयहरूले आरोप लगाएका छन् । “गरिब र विपन्नको उपचार गर्ने उद्देश्य” भन्दै ५० वर्षका लागि जग्गा सम्झौता गरेर लिइएको भए पनि अस्पताल हालसम्म सञ्चालनमा नआएपछि उक्त भवन जिर्ण बनेको छ भने, जग्गाधनी समस्यामा परेका छन् ।
सानो पाइलाको संस्थापक अध्यक्ष कञ्चन झाले अस्पताल सञ्चालनका लागि पटक–पटक आश्वासन दिएको भए पनि ठोस् काम भने हुन नसकेको स्थानीयहरूको आरोप रहेको छ । तीन वर्षअघि स्थानीय अनुरुध प्रसाद थारुसँग सम्झौता गरी सानो पाइला कम्युनिटी हस्पिटल नामक स्वास्थ्य संस्था सञ्चालन गर्ने योजना बनाइएको थियो । सम्झौताअनुसार अस्पताल भवन निर्माण पनि गरिएको थियो— बरन्दासहित चारवटा कोठा र आवश्यक पूर्वाधार तयार पार्न करिब ६० लाख रुपैयाँ खर्च भएको स्थानीयले बताएका छन् । तर भवन सञ्चालनमा नआएपछि अहिले उक्त संरचना भत्किन थालेको छ र आसपासको क्षेत्र झाडीले ढाकिएको छ ।
जग्गाधनी अनुरुध प्रसाद थारुका अनुसार “गरिब विरामीको उपचार गर्ने भनेर भावनमा निःशुल्क रुपमा ५० वर्षका लागि जग्गा दिएका थियौँ, तर अहिले न त अस्पताल चल्यो, न त जग्गा फिर्ता पाउन सकिरहेको बताए । उनका अनुसार खेती गर्न पनि पाउन छोड्यौं, न त सेवा नै पाएको छ अहिले ठगिएको महसुस भइरहेको उनले बताए ।”
जग्गाधनी थारुका अनुसार सानो पाइलाका प्रतिनिधिहरूले सुरुवातमा स्थानीयको लागि निःशुल्क उपचार, सस्तो एक्स–रे सेवा लगायत सर्व सुलभ स्वास्थ्य सेवा दिने प्रतिबद्धता गरेका थिए । तर तीन वर्ष बित्दा पनि अस्पताल सञ्चालन नभएपछि उनीहरूले देखाएको सपना र आश्वासन निरर्थक बनेको छ ।
स्थानीय बासिन्दा रामजी प्रसाद यादवका अनुसार, “हामीले सोच्यौं बेल्वामा पनि अब सस्तो उपचार हुन्छ, हाम्रो वडामा राम्रो अस्पताल आउँछ । तर भवन बनेको तीन वर्ष मै जिर्ण र जर्जर भएको छ । जति सदभावले सपना बाड्यो त्यो हिसबले हामी ठगिएको महशुस गरेको बताए ।
वीरगंज सिटीको टोली घटनास्थल पुग्दा भवनको वाल, ढोका र झ्याल भाँचिएको, छानो र पर्खाल चुहिने अवस्था आएको र वरिपरि फोहोर बढेको छ ।
यसअघि पनि सानो पाइलाले “रु ५० मा भरपेट भोजनालय” सञ्चालन गरी सस्तो लोकप्रियता कमाउने प्रयास गरेको थियो । तर उक्त परियोजना पनि केही महिना मै बन्द भएको थियो । पूर्वकर्मचारीहरूले संस्थाभित्र आर्थिक अनियमितता, दातृ निकायको रकम दुरुपयोग र पारदर्शिताको अभाव रहेको आरोप लगाउदै आएका छन् ।
सानो पाइलाले साँच्चि कै जनसेवा गर्ने सोच राखेर भावनासँग खेलवाड गरिरहेको स्थानीयहरूले आरोप लगाएका छन्र । भवन न त उपयोगमा छ, न त जग्गाधनीले आफ्नै जग्गा प्रयोग गर्न पाएका छन्— यो जनसेवाको नाममा ठगी गरिएको जग्गाधनीको आरोप रहेको छ । यता यस विषयमा सानो पाइलाले विस्तृत बुझेर प्रतिक्रिया दिने बताएका छन् ।
वीरगंज सिटीले स्थलगत पुगेर यसबारेमा विस्तृत रिपोर्टिङ गरेको छ । प्रस्तृत छ, विशाल ठकुरको विस्तृत रिपोर्ट ...