काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । बुधबार पार्टीले जारी गरेको परिपत्रअनुसार सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रूपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका उनीहरूलाई जिम्मेवारी दिइएको परिपत्रमा उल्लेख छ ।
साथै, जसपाले सल्लाहकार समितिका अध्यक्ष पनि मनोनीत गरेको छ। सल्लाहकार समिति अध्यक्षमा प्राडा रामस्वारथ यादव मनोनीत भएका छन् ।
परिपत्रअनुसार खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साहलाई केन्द्रीय सल्लाहकार परिषद्का सदस्य मनोनीत गर्ने निर्णय गरिएको छ ।