काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छोडेको घोषणा गर्नुभएको छ । निवर्तमान सांसदसमेत रहेका परियारले नयाँ अभियान सञ्चालन गर्ने उद्देश्यका साथ रास्वपा छाडेको जानकारी दिनुभएको हो ।
विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका परियार समानुपातिकतर्फको सांसद पनि रहनुभएको थियो । उहाँले आफ्नो राजनीतिक गतिविधि नयाँ अभियानअन्तर्गत अघि बढाउने योजना रहेको बताउनुभएको छ ।