जिल्ला प्रहरी कार्यालय पर्साले मंसिर महिनाकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ ।
मंसिर महिनामा जिल्ला भरि १ सय ५ वटा वटा नयाँ मुद्दा दर्ता भएका छन्, जसमा जघन्य तथा गम्भिर प्रकृतिका अपराध २५ वटा रहेकाे पर्सा प्रहरीले जनाएकाे छ । यी मुद्दाहरूमा ६ जना बालिका सहित एक महिलाकाे जबरजस्ती करणीकाे घटना, विवाह सम्बन्धी कसुरका ४ वटा, बहुबिवाहका २ वटा, अपहरण तथा शरिर बन्धकका १ वटा, एकवटा बालयाैन दुरूपयाेग लगायतका रहेका छन् ।
यसैगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित १४ मुद्दाहरूमा पीडक विरुद्ध उजुरी दर्ता गरिएकाे पर्सा प्रहरीले जनाएकाे छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी उजुरीमा घरेलु हिंसा ७७, सामाजिक हिंसा ९७ उजुरी दर्ता भएका छन् । पीडित र प्रतिवादीको उमेर समूह, उजुरीको प्रगति र मिलापत्र/अदालतमा पठाइएको विवरण समेत समावेश गरिएको छ ।
यसैगरी पर्सा प्रहरीले आर्थिक अपराध तथा बैंकिङ कसुरका २९ वटा, ठगी मुद्दाका २ वटा, अनुचित लेनदेनकाे एकवटा रहेका छन् । यसैगरी प्रहरीले अदालतबाट दाेषि रहेका तर सजाय भुक्तान बाँकी मुद्दाका ८३ जना प्रतिवादी पक्राउ गरेकाे छ । विगत २० वर्षदेखि फरार रहेका २ सय जना प्रतिवादीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अघि बढाएको छ ।
पर्सा प्रहरीले मंसिर महिनामा राजस्व चुहावट र भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ । यस क्रममा अवैध भन्सार छलीको क्रममा ७ कराेड ६१ लाख ५० हजार ८ सय ३७ रूपैयाँ बराबरका सामान बरामद गरेको छ । यसैगरी मंसिर महिनामा कुल २१ वटा विपद घटना भएको छ । जसमा २ चौपायाकाे मृत्यु भएकाे छ भने ७ जना व्यक्ति घाइते भएका छन् भने विपदबाट १ करोड ४१ लाख ५५ हजार बराबरको मालबस्तु जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार मंसिर महिनामा ५ सय २९ केजी लागूऔषध गाजाँ,१० के.जी. २ सय ग्राम चरेश, ५६ ग्राम खैरो हिरोइन र ७६ हजार १ सय ७० पिस ट्रामाडोल बरामद गरिएको हाे । यसले जिल्लामा लागु औषध नियन्त्रणमा प्रहरीको सक्रियता देखाएको छ ।
यसैगरी पर्सामा सवारी दुर्घटनाकाे ७४ वटा घटना भएको छ, जसमा २ जनाको मृत्यु र ९२ जना घाइते भएका थिए । यस क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनको क्रममा एक हजार ४३ जनालाइर् कारवाही गर्दै १२ लाख ८३ हजार ५ सय रूपैयाँ संकलन गरेको छ ।
पर्सा प्रहरीले जनचेतनामूलक कार्यक्रम अन्तर्गत जनचेतना अभिवृद्धिका लागि १४ स्थानीय तहमा गरेर २ सय २८ वटा कार्यक्रम सञ्चालन गरेको छ । जसमा ७ हजार ५ सय ७९ जनाले सहभागीता जनाएका थिए । कार्यक्रममा महिला हिसां, आत्म हत्या न्यूनिकरण, लागु औषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम, साईब क्राईम, दाईजो प्रथा, ट्राफिक नियम/सवारी दुर्घटना/ जेब्रा क्रसिङ बाल श्रम, बहुबिवाह, मानव बेचबिखन, सरसफाई, बृक्षारोपन, रक्तदान लगायतका विषयमा जनचेतना फैलाएकाे थियाे । यसैगरी पर्सामा आन्दोलन, कोण सभा तथा धर्ना नियन्त्रणमा १ सय ३५ जना प्रहरी परिचालित भएकाे प्रहरीले जनाएकाे छ ।
यसका अलावा प्रहरी कर्मचारीहरूको मनोबल वृद्धिका लागि साप्ताहिक रिफ्रेसमेन्ट, मेसमा LED TV जडान, कार्यालय अगाडि Digital Board स्थापना, Smart Lighting सहितको चेकप्वाइन्ट कार्यान्वयन गरिएको प्रहरीले जनाएकाे छ ।