नेपाल–भारत सीमामा पर्ने वीरगंजको मितेरी पुल नजिकबाट प्रहरीले एक थान नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सूचनाका आधारमा वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुल नजिकैको फुसको घरमा छापा मार्दा हतियार बरामद गरिएको हो । सो क्रममा पेस्तोलमा प्रयोग हुने दुई थान गोलीसमेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिको सीमाक्षेत्रमा हुने आपराधिक गतिविधिसँग संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेकोले हाल उनको परिचय गाेप्य राखिएकाे जनाएकाे छ । प्रारम्भिक अनुसन्धानपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
बरामद हतियार र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान पूरा भएपछि पत्रकार सम्मेलनमार्फत थप जानकारी सार्वजनिक गरिने पर्सा प्रहरीले जनाएको छ ।