काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारको सूूचीमा मोहना अन्सारी पनि परेकी छिन् । उनी मुस्लिम महिला क्लस्टरको दोस्रो नम्बरमा छिन् । उनी अधिकारकर्मीका रुपमा परिचित छिन् ।
तर, उनको पृष्ठभूमी विवादीत छ । मानवअधिकारकर्मीको रुपमा सत्ताको पक्षपोषण गरेको आरोप उनीमाथि लाग्दै आएको छ । जेनजी आन्दोलनको पृष्ठभूमी बनेको सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको पृष्ठभूमी बनेको अदालतको फैसलामा उनले पक्षमा बहस गरेकी थिइन् ।
जुन फैसलालाई टेकेर सरकारले सामाजिक सञ्जाल बन्द गरेको थियो । उनी त्यसैको पक्षमा थिइन । तर, तीनै अन्सारी जेनजीकोतर्फबाट रास्वपाको समानुपातिक उम्मेदवार बनेको भन्दै उनको आलोचना भइरहेको छ ।