नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । केहीबेरअघि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ ।
पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रमार्फत सो कार्यविधि पारित गरिएको हो ।
बन्दसत्रमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस: सद्भाव, समुन्नतिको नवीन यात्रा’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने र पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।