फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मधेस प्रदेशका ८ वटै जिल्लाबाट कुल १,०४२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । यो प्रदेशमा आवश्यक सिट संख्या भन्दा करिब ३२ गुणा बढी हो ।
निर्वाचन कार्यालयका अनुसार, उम्मेदवारमध्ये १०१ जना महिला र ९४१ जना पुरुष रहेका छन् ।
जिल्ला अनुसार उम्मेदवारीको विवरण:
-
धनुषा: १३ महिला, १४५ पुरुष, कुल १५८ उम्मेदवार
-
महोत्तरी: १८ महिला, १२५ पुरुष, कुल १४३ उम्मेदवार
-
रौतहट: ११ महिला, १३२ पुरुष, कुल १४३ उम्मेदवार
-
सिरहा: ८ महिला, १३१ पुरुष, कुल १३९ उम्मेदवार
-
सर्लाही: ६ महिला, १२७ पुरुष, कुल १३३ उम्मेदवार
-
पर्सा: १२ महिला, बाँकी पुरुष सहित कुल १०९ उम्मेदवार
-
बारा: १५ महिला, ९७ पुरुष, कुल ११२ उम्मेदवार
-
सप्तरी: १८ महिला, ८७ पुरुष, कुल १०५ उम्मेदवार
निर्वाचन कार्यालयले जनाएअनुसार, सबैभन्दा बढी उम्मेदवारी प्रदेश राजधानी धनुषाबाट परेको छ भने सबैभन्दा कम उम्मेदवारी सप्तरीबाट परेको छ ।
मधेस प्रदेशका विभिन्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।