उपकार सेवा नेपालले हरेक महिना झैँ यस महिनामा पनि ठोरी गाउँपालिका वडा नम्बर–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १७ जना अपाङ्गता भएका, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा, आमाबुवा तथा बालबालिकाका लागि खाद्य तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
संस्थाले आश्रमका आश्रितहरूको उपभोगका लागि चामल ९० किलो (३ बोरा), सोयाबिन १० किलो (१ बोरा), चिउरा १० किलो, खानेतेल ५ लिटर, मसुरो दाल ५ किलो, रिफाइन तेल ४ लिटर, नुन ५ किलो, साबुन १० थान, ट्राउजर, टी–सर्ट, फलफूल, मिठाईलगायत विभिन्न सामग्रीको व्यवस्था गरेको हो ।
आश्रमका सदस्य रामबहादुर थिङलाई उपस्थित गराई आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले सामग्री हस्तान्तरण गरेका थिए ।
संस्थाले आश्रमका लागि प्रत्येक महिना नियमित रूपमा यस्ता सहयोग सामग्री प्रदान गर्दै आएको जनाएको छ ।