बाराको निजगढ नगरपालिकाले माघ २१ गते स्थानीय सार्वजनिक बिदा दिएको छ ।
निजगढ नगरकार्यपालिकाको माघ १४ गते बसेको बैठकको निर्णयअनुसार माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को उद्घाटन समारोहका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार सो दिन निजगढ नगरपालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ मूल समारोह समितिको आयोजनामा उक्त धार्मिक महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सव सात दिनसम्म चल्नेछ ।
नगरपालिकाले महोत्सवलाई व्यवस्थित र सफल बनाउन स्थानीय तहबाट आवश्यक सहयोगसमेत प्रदान गर्ने जनाएको छ ।