प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बिहान बालुवाटारमा करिब २ घण्टा राजनीतिक वार्ता भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए। बालुवाटारमा उनले प्रधानमन्त्री कार्कीसँग समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल गरेका हुन् ।
निकट स्रोतका अनुसार, वार्तामा निर्वाचन प्रक्रिया शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल भएको छ । साथै, एकै चरणमा निर्वाचन सम्पन्न गरिनुपर्ने विषयमा अध्यक्ष ओलीले सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच चुनावको तयारी, प्रक्रियागत निष्पक्षता र राजनीतिक सहकार्यबारे गहन छलफल भएको दुवै पक्षका निकट स्रोतले जनाएका छन् ।