शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तरवार्ता
  • गृहपृष्ठ
  • अन्तरवार्ता
  • कांग्रेसले राजनीतिकरण गर्दैछ, सहमतिको विकल्प छैन : रास्वपा सांसद शिशिर खनाल
कांग्रेसले राजनीतिकरण गर्दैछ, सहमतिको विकल्प छैन : रास्वपा सांसद शिशिर खनाल
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ १०, २०८१
A1 Beakery Add A1 Beakery Add

प्रमुख प्रतिपक्षल दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीमा रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न सत्तापक्ष पनि तयार भएपछि टीओआरमा कुरा मिल्न सकेको छैन । समिति गठनको लागि आज कार्यदलको बैठक बस्दैछ । आजको बैठकमा सहमति हुने नहुने निर्णायक छलफल गर्ने मुडमा दुवै पक्ष देखिएको छ । कांग्रेसले छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नुपर्ने अडान राखेको छ । तर, सत्तापक्ष त्यो चाहँदैन । यसअघि कार्यदलको बैठक मंगलबार बसेको थियो। तर, सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।

सत्तापक्षले वार्ता चलिरहेको बेलामा कांग्रेसले सडक आन्दोलन घोषणा गरेर परिस्थिति बिथोल्न प्रयास गरेको आरोप लगाएको छ । सहमतिको प्रयास जारी राख्दै दुवै सदनको बैठक भोलिका लागि बोलाइएको छ । तर, कांग्रेस सहमति नभएसम्म सदन चल्न नदिने पक्षमा छ । यता, सरकारले पनि कांग्रेसको नाराबाजीबीच पेलेरै सदन अघि बढाउँदै आइरहेको यही विषयमा केन्द्रित रहेर कार्यदलका सदस्य तथा रास्वपा सांसद शिशिर खनालसँग गरेको संक्षिप्त कुराकानी :

टीओआरको विषयमा छलफल चलिरहेको बेलामा कांग्रेसले सडक आन्दोलनको घोषणा गर्‍यो अब सहमतिको सम्भावना टर्दै गएको हो ?

हाम्रो आशा त उहाँहरू सहमतिमै आउनुहुन्छ भन्ने हो । तर, उहाँहरू राजीनामाको कुरा पनि उठाउँदै आन्दोलनको घोषणा गर्नुभएको छ । तर, पनि अहिलेसम्म छलफल नगरेको हुनाले सहमति हुन्छ भन्ने आशा राखेको छौं ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

हिजोको कांग्रेसको बैठकमा गृहमन्त्रीको राजीनामाको विषय पनि उठेको छ । त्यसलाई कसरी हेर्नुभएको छ ?

अस्तिको बैठकबाट चाहिँ हामी सहमति खोजौं भन्ने लाइनमै टुंगिएको हो । यसले गर्दा अब अघिल्लो दिन पनि उहाँहरूको बाहिरको विज्ञप्तिभन्दा कार्यदलमा आइसकेपछिको संवाद चाहिँ सकारात्मक नै थियो । त्यसले गर्दा बाहिर राजनीतिक कुरा जे भएपनि सहमतिकै बाटोमा जानुपर्छ । त्यही बाटोमा कांग्रेस आउँछ भन्ने विश्वास लिएका छौं ।

कांग्रेसले समितिमा गृहमन्त्रीकै नाम किटान गर्नुपर्ने बटमलाइन बनाइरहेको छ । त्यसमा रास्वपा तयार हो ?

सम्भव हुँदैन । त्यो न्यायसंगत नहुने कुरा हो । हामीले भित्र बाहिर एउटै कुरा गरेका छौं, अरुले जस्तो दोहोरो चरित्र देखाएका छैनौं । अहिलेसम्म संसदीय इतिहासमा त्यस्तो भएको छैन । त्यस्तो नजिर स्थापना गर्ने बाटोमा जानुहुँदैन भन्ने पक्षमा छौं । यसअघि पनि अनेक खालका विशेष समितिहरू बनेको छ, संसदमा कुरा उठ्दा व्यक्तिकेन्द्रित नै हुन्छ । कुनै मन्त्री र प्रधानमन्त्रीमाथि कुरा उठ्दा त व्यक्तिकेन्द्रित नै हुन्छ नि !

तर, कार्यदल र संसदीय समिति बन्दा चाहिँ विषयवस्तु केन्द्रित नै बनेको इतिहास छ । त्यसको तथ्य नै छ । व्यक्तिकेन्द्रित समिति बनाउन हुँदैन । त्यसले गलत नजिर स्थापना गर्छ, प्रश्न हरेक सांसद, मन्त्री र प्रधानमन्त्रीमाथि पनि उठ्छन् । त्यसैले विषयवस्तु समाधान गर्ने बाटोमा जानुपर्छ भन्ने हाम्रो दलिल नै त्यसमा छ । हामी त्यही अडानमा छौं ।

भनेपछि यो मुद्दालाई कांग्रेसले सत्ता समीकरणमा खेल्नलाई सारेको भन्ने बुझ्नुभएको छ ?

कांग्रेस यो विषयलाई राजनीतिकरण गर्दैछ । सहकारीको बचतकर्ताको पक्षमा उहाँहरू बोलिराख्नुभएको छैन । पछिल्लो स्टेटमेन्ट बल्ल देखिन थालेको छ । हामीले बचतकर्ताको रकम फिर्ता हुनुपर्छ भन्ने मागलाई प्रमुख बनाउनुपर्छ भन्दै आयौं । सहकारीमा सानासाना बचतकर्ताहरू हुनुहुन्छ । त्यहाँ श्रमजीवि वर्गको पैसा छ । पहिला राज्यले त्यो लाखौं बचतकर्ताको रकम फिर्ताको सुनिश्चिता गर्नुपर्छ । त्यहाँ उहाँहरुको ध्यान छैन । यत्रो ठूलो सरकारले तीन खम्बे अर्थनीति भनेर एउटा खम्ब सहकारीलाई बनायो । सहकारी क्षेत्र नै धराशायी हुँदै गर्दा यो क्षेत्रको कानूनी र नीतिगत समस्या के छन् भन्ने कुरा पो सदन र सांसदले हेर्नुपर्ने हो । यसमा पनि उहाँहरूको ध्यान छैन । छोटो सत्ता केन्द्रित राजनीतिमा उहाँहरूको ध्यान छ ।

तर, यो परिस्थिति गृहमन्त्रीले सदनमा दिएको अभिव्यक्तिले बिथोलिएको जस्तो देखिन्छ नि !

गृहमन्त्रीले सदनमा बोलिसकेपछि पनि हामी समितिको लागि कार्यदलको बैठक बस्यौं । बाहिर जसरी राजनीतिक ढंगले प्रस्तुत भइराख्नुभएको छ राजनीतिक दल हो त्यसलाई हामीले अन्यथा पनि लिएका छैनौं । तर, कार्यदलमा आइपुग्दा त्यस्तो देखिँदैनथ्यो । उहाँहरूलाई अस्ति पनि सकारात्मक नै पाएको हो । यो विषयवस्तु उठान गरिसकेपछि यसलाई न्यायोचित निकास हुनुपर्छ भन्ने छ उहाँहरूले हामीहरुसँगको संवादमा राखिराख्नुभएको छ । तर, गृहमन्त्रीले बोलेकै आधारमा माहोल बिग्रिएको अस्तिको बैठकमा महशुस गरेका थिएनौं त्यो निरन्तर रहन्छ भन्ने बुझाइ छ ।

गृहमन्त्रीले सदनमा नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न कांग्रेसले चुनौती दिएको छ । त्यसबारे पार्टीमा केही छलफल भएको छ ?

यसलाई हामीले स्वाभाविकरूपमा लिएका छौं । गम्भीरतापूर्वक लिनुपर्छ भन्ने लागेको छैन । उहाँहरूले संसदीय छानबिन समितिको एजेण्डालाई नै मूल बनाइराख्नुभएको छ । त्यसको निकास दिन छलफल गरिरहेका छौं । तर, अन्य कुरामा उहाँहरूले पनि हाम्रा विरुद्ध भन्नुभएको छ हामीले अन्यथा लिएका छैनौं । यो नेपाली राजनीतिक इतिहासमा भइराख्ने कुरा हो नयाँ कुरा पनि होइन । त्यसैले यो कुराको पछि हामी लागेका छैनौं ।

कांग्रेसले बहुमतको बलमा पेल्यो भन्दै आइरहेको छ। आज सहमति नभए सदन अस्ति नै ढंगले चल्छ ?

अहिलेसम्म आशा गरौं, भोलि सदन कसरी जान्छ भन्ने कुरा सहमतिमा भर पर्छ । उहाँहरूले सदनलाई अवरुद्ध पारिराख्नुभएको छ । त्यो दुर्भाग्यपूर्ण छ । गएको शनिबार शीर्ष नेताहरूको बैठकले संसदीय समिति बनाउने निर्णय गरेका थियो । त्यसले गर्दा उहाँहरूको प्रमुख मागको सम्बोधन भइसकेको अवस्था हो । अब कसरी भन्ने कुरामा मात्रै टीओआरमा छलफल गरिरहेका छौं । संसदीय समिति बनाउँ भनेर सत्तापक्ष प्रतिपक्षले राखेको मुख्य मागमा आइपुग्दा कांग्रेसले सदनलाई होल्ड गरेर बस्नु चाहिँ सहमतिबाट ब्याक हुन खोजेको देखिन्छ ।

यो टीओआरमा नमिलेको कुरा गृहमन्त्रीको नाम राख्ने विषयमात्रै हुन् कि अरु पनि छन् ?

मुख्य त त्यही हो । अन्य केही विषयवस्तुमा सहजै मिलाएर जान सकिन्छ । उहाँहरूले नाम राख्नुपर्ने कुरा गरिराख्नुभएको छ । नामभित्र यसले स्थापित गर्ने संसदीय नजिरको पनि कुरा हुन्छन् । व्यक्तिको नाम जोडियो कि जोडिएन भन्ने कुराले खास ठूलो अर्थ राख्दैन । जुन नजिर हामीले स्थापना गर्छौँ, नाम नै तोकिने भए त उदाहरणको लागि जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि करको दर हेरफेरको कुरा पनि उठेको थियो । तर, त्यो बेलामा पनि विषयलाई मात्रै छानबिन गर्नेगरी टीओआर बनाएएको थियो । जनार्दन शर्मामाथि छानबिन भनेको छैन । कांग्रेसले मागेको कुरा संगतिपूर्ण देखिएको छैन । त्यसैले व्यक्तिको नाम किटान गर्ने कि नगर्ने भन्दा पनि कस्तो नजिर स्थापना गर्ने भन्ने कुरा पनि हो । - नेपाल प्रेसबाट साभार गरिएको


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २२:०२
#राष्ट्रिय स्वतन्त्र पार्टी #नेपाली कांग्रेस #शिशिर खनाल #संसदीय छानबिन समिति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तरवार्ता
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री
अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री बिहीबार, असोज २९, २०८३
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ?
मधेशी खुला केन्द्रीय सदस्यमा ३९ सय मतगणना सकियो, कसले कति मत पाए ? बिहीबार, असोज २९, २०८३
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत बिहीबार, असोज २९, २०८३
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार बिहीबार, असोज २९, २०८३
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP