नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा २०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ प्रकाशित गरिएको छ । प्रकाशित पात्रो अनुसार चालु सालमा मनाइने प्रमुख चाडपर्वको मिति र तिथिहरू सार्वजनिक गरिएको छ ।
-
वैशाख : ४ गते मातातीर्थमा स्नान, आमाको मुख हेर्ने दिन; ७ गते अक्षय तृतीया, त्रेतायुगको आरम्भ; १८ गते गौतमबुद्ध जयन्ती, चण्डीपूर्णिमा, उभौली ।
-
आषाढ : ११ गते निर्जला एकादशी व्रत ।
-
साउन : १ गते श्रावण सङ्क्रान्ति, लुतो फाल्ने दिन; ९ गते हरिशयनी एकादशी, तुलसी रोपण; १३ गते गुरुपूर्णिमा, व्यास जयन्ती; २८ गते गुँला धर्म आरम्भ ।
-
भदौ : १ गते नागपञ्चमी; १२ गते रक्षाबन्धन/जनैपूर्णिमा; १३ गते गाईजात्रा; १९ गते श्रीकृष्ण जन्माष्टमी/मोहरात्री; २६ गते कुशे औँसी (बुबाको मुख हेर्ने दिन); २७ गते गुँला धर्म समाप्ति; २८ गते दर खाने दिन; २९ गते हरितालिका तीज; ३० गते ऋषिपञ्चमी ।
-
असोज : १ गते विश्वकर्मा पूजा; ९ गते चतुर्दशी व्रत/कुमारी इन्द्रजात्रा; ११–२४ गते सोह्रश्राद्ध ।
-
दसैँ/कार्तिक : २५ असोजबाट घटस्थापना, नवरात्र आरम्भ; ३१ असोज फूलपाती; १ कार्तिक महाअष्टमी/भौमाष्टमी/कालरात्रि; ३ कार्तिक महानवमी; ४ कार्तिक विजयादशमी; ८ कार्तिक पूर्णिमा/कोजाग्रत व्रत; ९ कार्तिक कार्तिक स्नान ।
-
तिहार/नेपाली संवत् : २० कार्तिक प्रदोष व्रत, धनतेरस, यमदीपदान; २१ काग तिहार, धन्वन्तरी जयन्ती; २२ नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा (सुखरात्री); २३ गाई पूजा; २४ गोवर्धन पूजा, म्ह पूजा, नेपाल संवत् ११४७ आरम्भ; २५ भाइटीका; २९ डाला/षष्ठी पर्व ।
-
मंसिर : ४ हरिबोधनी एकादशी, तुलसी विवाह; ८ पूर्णिमा व्रत, कार्तिक स्नान, चतुर्मास व्रत समाप्त; २१ बालाचतुर्दशी; २८ विवाह पञ्चमी ।
-
पुस : ९ धान्यपूर्णिमा, उधौली पर्व ।
-
माघ : १ माघे सङ्क्रान्ति/माघी पर्व, उत्तरायण आरम्भ; ८ पूर्णिमा व्रत, श्रीस्वस्थानी व्रत सुरु; २४ सोनाम ल्होसार; २८ वसन्त पञ्चमी/श्रीपञ्चमी ।
-
फाल्गुन : ८ माघ स्नान समाप्ति, श्रीस्वस्थानी व्रत समाप्त; २२ महाशिवरात्रि; २५ ग्याल्पो ल्होसार ।
-
चैत्र : ७ फागु पूर्णिमा/होली (पहाडी जिल्लामा), ८ होली (तराईमा); २३ घोडेजात्रा ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पर्व र व्रतहरूको सही तिथिहरू जनतालाई जानकारी गराएर धार्मिक र सांस्कृतिक गतिविधिमा सहजता पुग्ने अपेक्षा गरेको छ ।