युवाहरूलाई संगठित गर्दै नेतृत्व विकास गर्ने उद्देश्यसहित जगरनाथपुर गाउँपालिका मा Gen–Z कमिटी गठन गरिएको छ ।
पर्सा जिल्लाको Gen–Z समितिको अध्यक्षतामा आयोजित बैठकले जगरनाथपुर क्षेत्रमा संगठन विस्तार गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार अमर किशोर ठाकुर लोहारको अध्यक्षतामा २१ सदस्यीय Gen–Z कमिटी गठन गरिएको छ । भेलाले उनको नेतृत्वमा युवाहरूलाई समेट्दै संगठनलाई थप सशक्त बनाउने निष्कर्ष निकालेको छ । बैठकमा संगठन विस्तार, युवालाई नेतृत्वमा ल्याउने तथा आगामी दिनमा विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
नवगठित समितिमा हरि ओम, मिथुन प्रसाद पटेल लगायतका सदस्यहरू समेटिएका छन् । कार्यक्रममा पर्सा जिल्ला Gen–Z सल्लाहकार अधिवक्ता अनिल शाह, Gen–Z कालिकामाई संयोजक राजनीश कुशवाहा, सुशील पटेल, मधुरञ्जन शाह लगायत युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार Gen–Z अभियानलाई जगरनाथपुर क्षेत्रमा विस्तार गर्दै युवाहरूलाई संगठित गर्ने र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्यका साथ समिति गठन गरिएको जनाएकाे छ ।