आज महाशिवरात्रि पर्वको अवसरमा वीरगंज सहित पर्सा का ग्रामीण क्षेत्रका शिवालयहरूमा भक्तजन तथा श्रद्धालुहरूको ठूलो भीड लागेको छ । बिहानैदेखि शिव मन्दिरहरूमा पूजा–आराधना गर्न आउने भक्तजनको उल्लेख्य घुइँचो देखिएको हो ।
वीरगंजका प्रमुख शिवालयहरूमा विशेष पूजा, जल अर्पण, बेलपत्र चढाउने तथा रुद्रीपाठजस्ता धार्मिक कार्यक्रमहरू सञ्चालन गरिएको छ । महाशिवरात्रि पर्वका कारण समग्र वातावरण भक्तिमय बनेको छ भने शिवभक्तहरूले “ॐ नमः शिवाय” मन्त्र जप गर्दै श्रद्धापूर्वक पूजा–आराधना गरिरहेका छन् ।
त्यसैगरी, ग्रामीण भेगका शिवालयहरूमा समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ । महाशिवरात्रि पर्व हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडका रूपमा मनाइन्छ। यस दिन भगवान शिवको विशेष पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ ।