सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।
शनिबार बिहान साढे ११ बजे भोक्राहा नरसिंह गाउँपालिका–४ मा सुनसरी–४ का कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको चुनावी सभामा जाने क्रममा विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिएका छन् ।
एसपी थेवेका अनुसार, विवाद बढ्दै हातपात हुने अवस्था सिर्जना भएपछि कार्यकर्तालाई तितरबितर पार्न लाठीचार्ज गरिएको हो। उनले भने, “झडप हुन पाएन। झडपको अवस्था सिर्जना हुन लागेपछि मात्र लाठी चार्ज गरिएको हो । अहिले अवस्था शान्त छ ।”