वीरगंज महानगरपालिका–श्रीपुर क्षेत्रमा पार्किङ्गको विषयलाई लिएर उत्पन्न भएको विवाद अन्ततः शान्तिपूर्ण रूपमा टुङ्गिएको छ ।
सामान्य व्यक्तिगत झगडाबाट सुरु भएको घटना विस्तारै दुई समूहबीचको तनावमा रूपान्तरण भएको थियो । वीरगंज स्थित श्रीपुर क्षेत्रमा पार्किङ्गको विषयमा भएको भनाभनले केहीबेर तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।प्रत्यक्षदर्शीका अनुसार सानो विवादले उग्र रूप लिन खोजेपछि दुवै पक्षका व्यक्तिहरू भेला भएका थिए । घटनाबारे जानकारी दिँदै पर्साका प्रहरी उपरिक्षकले व्यक्तिगत विषयमा भएको विवादलाई समुदायबीचको रूपमा बुझिनु नहुने स्पष्ट पारेकाे छ । प्रहरी टोली तत्काल घटनास्थल पुगेर दुवै पक्षलाई सम्झाइ–बुझाइ गरेको थियो ।
पर्सा प्रहरीले सक्रिय पहल गर्दै स्थिति नियन्त्रणमा लिएको र अहिले अवस्था पूर्ण रूपमा सामान्य भइसकेको जनाएको छ ।