प्रतिनिधिसभा निर्वाचन आउन एक साता बाँकी रहँदा शेरबहादुर देउवा स्वास्थ्य अवस्थालाई कारण देखाउँदै बुधबार राति सिंगापुर प्रस्थान गरेका छन् ।
शेरबहादुर देउवा बुधबार राति Singapore Airlines को उडानमार्फत सिंगापुरतर्फ गएका हुन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा यसपटक देउवाको उम्मेदवारी छैन ।
सन् १९९१ देखि निरन्तर संसदीय राजनीतिमा सक्रिय रहेका देउवाका लागि यो दशकौँ पछिको पहिलो निर्वाचन हो, जहाँ उनी उम्मेदवारका रूपमा सहभागी छैनन् ।
नेपाली कांग्रेस को विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि देउवा पार्टीको मूल नेतृत्वबाट बाहिरिएका थिए। त्यसयता उनी सक्रिय राजनीतिबाट केही टाढा रहँदै आएका छन् । देउवाको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।