नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
आजबाट सुरु भएको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित गरिएको सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् । बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो ।
उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको पार्टीका प्रवक्ता देवराज चालिसेले बताएका छन् । त्यस्तै, उपसभापति शर्माले निर्वाचनमा पार्टीको हारको कारण केलाउँदै समीक्षा प्रतिवेदन पनि पेश गरेका थिए ।
आजको बैठकमा सोही प्रतिवेदनमाथि विस्तृत छलफल भएको नेताहरूले बताएका छन् ।