नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि जारी छ ।
शुक्रबारदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाका बारेमा अधिकांश सदस्य राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा मत व्यक्त गरिरहेका छन् ।
आइतबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।