आज पोखरिया नगरपालिका वडा नं- १, बनकटवा टोलमा क्यान्सर पीडित एक बिरामीलाई “उपकार सेवा नेपाल” र लायन्स क्लबको संयुक्त सहयोगमा खाद्यान्न सामग्री र कम्बल वितरण गरिएको छ ।
कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विध्या कुमारी शरावगी, लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी, रामाधार मुखिया बिन, लायन्स क्लब अफ बीरगंज ह्यूमैनिटीका अध्यक्ष अमर कान्त झा र सचिव ललन तिवारी उपस्थितमा थिए ।
सहयोग अन्तर्गत बिरामीको घरमै दाल, चामल, आलु, तेल, नुन, होर्लिक्स, बिस्कुट र कम्बल हस्तान्तरण गरिएको थियो । यस सहयोगले बिरामीको दैनिकी सहज बनाउन र स्वास्थ्य व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमका आयोजकहरूले सबै सहयोगी मनहरूलाई अपिल गरेका छन् कि यस्ता पीडित र असहाय व्यक्तिहरूको सहयोगमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरौं । सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने उनीहरूको भनाइ छ ।