सर्लाहीको रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वपट्टि रहेको उखु खेतमा मंगलबार भीषण आगलागी भएको छ ।
आगलागीका कारण करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । स्थानीय अच्चेलाल रायका अनुसार, काटेको उखु खेतमा जलाइएको उखुको पगार (सुकेको पात) बाट आगो सल्किएको थियो र अचानक फैलिँदा ठुलो आर्थिक क्षति भएको छ ।
आगलागी सुरु भएपछि स्थानीय बासिन्दा र किसानहरूले आगो निभाउन प्रयास गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको र थप अनुसन्धान अघि बढाइने जानकारी दिएको छ ।