सर्लाही जिल्लास्थित नेपाल–भारत सीमावर्ती नाकाहरूमा अवैध तस्करी हुने गरेको पाइएको छ ।
जिल्लाको संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी, अर्नाहा लगायतका नाकाहरूबाट दैनिक रूपमा लाखौँ रुपैयाँ बराबरका सामान तस्करी हुने भेटिएको हो । सीमा क्षेत्रका बासिन्दाले जनाएअनुसार यस्तो तस्करी राति र बिहानको समयमा बढी हुने गरेको छ ।
यसैबिच भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को ५१औँ बटालियनले हनुमाननगर नाकामा ठूलो परिमाणमा तस्करीको सामान नियन्त्रणमा लिएको छ । एसएसबीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ३ हजार ५१५ केजी चिनियाँ स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएको स्याउ र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाएको छ ।