राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीका सभापति रवि लामिछाने को निर्देशनमा बस्न लागेको बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गर्नु रहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकले वरिष्ठ नेता बालेन शाह लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको बताइएको छ । उक्त निर्णय लगत्तै बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गरिनेछ ।
पार्टीभित्र बालेन शाहलाई संसदीय दलको नेता बनाउँदै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति समेत भइसकेको स्रोतले जनाएको छ ।
बैठकको कार्यसूचीमा पहिलो बुँदामा संसदीय दलको नेता चयन र दोस्रो बुँदामा विविध समसामयिक विषयहरू समेटिएको छ ।