प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ दिलाएका हुन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले बुधबार केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
शपथ कार्यक्रममा सांसदहरू विभिन्न परम्परागत तथा औपचारिक पोशाकमा उपस्थित भएका थिए । केही सांसदहरूले आफ्नो मातृभाषामा समेत शपथ लिएका छन् ।