अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केपी शर्मा ओली पक्राउको विरोधमा देशभरका मातहत कमिटीहरूलाई प्रतिकारमा उत्रन निर्देशन दिएको छ ।
अनेरास्ववियुका अध्यक्ष दिपक धामी ले शनिबार बिहान ९ बजे विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् । उनले ओलीको पक्राउलाई गैरकानुनी ठहर गर्दै सशक्त प्रतिकार गर्न देशभरका सबै कमिटीलाई अनुरोधसहित निर्देशन दिएका छन् ।
शनिबार बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उक्त पक्राउलाई राजनीतिक प्रतिशोधको प्रयास भएको प्रतिक्रिया दिँदै आएको छ । सोही सन्दर्भमा अनेरास्ववियुले देशभरका विद्यार्थी संगठनहरूलाई सक्रिय भएर प्रतिकारमा उत्रन आह्वान गरेको हो ।