पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले का कार्यकर्ताहरूले सडकमा विरोध प्रदर्शन सुरु गरेका छन् ।
जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरिएको हो ।
एमाले केन्द्रीय कार्यालय च्यासल, काठमाडौं नजिक कार्यकर्ताले टायर जलाउँदै कार्की आयोगको प्रतिवेदन नष्ट गरेका छन् । उक्त स्थानमा प्रहरीको उपस्थिति भने न्यून रहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरूले पत्रकारलाई धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । उनीहरूले भनेका छन्,
“देश जल्दा कहाँ थियौ? अहिले किन खिच्या? ब्याक हौ ।”
जेनजी आन्दोलनको जाँचबुझका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की को नेतृत्वमा आयोग गठन गरेको थियो ।
चुनावपछि गठन भएको बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हिजो गरेको थियो ।
सरकार गठन भएको पहिलो दिनै प्रतिवेदन कार्यान्वयनको निर्णय भए लगत्तै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ प्रक्रिया सुरु गरिएको थियो ।