पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक लाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आज बिहान भक्तपुरको कटुञ्जे स्थित निवासबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले उनलाई काठमाडौंको महाराजगञ्ज स्थित नं. २ गणमा राखिएको जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनलाई सोही स्थानमा राखिएको हो ।
जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि लेखक हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा भाडाको घरमा बस्दै आएका थिए ।