पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि पार्टीका नेता–कार्यकर्ताहरूले माइतीघर चोक लगायत अन्य स्थानहरूमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा कार्यकर्ता र प्रहरीले हात हालाहालसम्मको तनावपूर्ण स्थिति सिर्जना भएको छ। प्रदर्शनको दौरान ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एमाले कार्यकर्ताहरूले वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध चर्को नाराबाजी गरेका छन् ।
त्यसका कारण काठमाडौंका केही मुख्य सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ। प्रहरी स्रोतका अनुसार आवश्यक परे थप सुरक्षा कडा पारिने बताइएको छ ।