वीरगंजमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुन लागेको वीरगंज प्रिमियर लिग (बीपीएल–३) को ट्रफी सार्वजनिक गरिएको छ ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद हरि पन्त ले आइतबार गहवामाई मन्दिर अगाडि आयोजित कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेका हुन् ।
सुमित कादमियाको संयोजकत्वमा सञ्चालन हुने उक्त प्रतियोगिताको ट्रफी विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो । प्रतियोगिताले स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको संयोजक सुमित कादमिया ले जानकारी दिए ।
कार्यक्रममा बीपीएलमा सहभागी टिमका कप्तानहरूको उपस्थिति रहेको थियो। साथै सुमित चौरसिया, निरज गुप्ता लगायतका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
ट्रफी सार्वजनिक कार्यक्रमको सञ्चालन सद्दाम हुसेन ले गरेका थिए ।