काठमाडौँ । रवि लामिछाने र प्रभु साह बीच भेटवार्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा मंगलबार भएको उक्त भेटमा समसामयिक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा राष्ट्रिय मुद्दाहरूमा छलफल भएको जनाइएको छ ।
भेटवार्तामा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत दुवै नेताबीच छलफल भएको बताइएको छ ।
यसैबीच महन्थ ठाकुर ले पनि आजै लामिछानेसँग छुट्टै भेटवार्ता गरेका छन् ।