शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #धरौटीमा रिहा
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #शंकास्पद वित्तीय कारोबार
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • प्रतिनिधिसभा बैठक आज २ बजे, शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक आज २ बजे, शीर्ष नेताहरूले सम्बोधन गर्ने
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, चैत १९, २०८२
A1 Beakery Add A1 Beakery Add

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

 बैठकको सुरुवातमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने तथा मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी दिने कार्यक्रम छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ। संघीय संसद्अन्तर्गतको माथिल्लो सभा राष्ट्रियसभाको बैठक भने संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो भने नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ ग्रहण गरिसकेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसद रहेका छन् ।

शीर्ष नेताहरूले सम्बोधन गर्ने

अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा नेताहरूले मन्तव्य राख्ने कार्यसूची तय भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ तथा राप्रपाका ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन् । नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने अझै टुंगो लाग्न बाँकी छ।

तीन अध्यादेश पेस हुने

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, ज्येष्ठ सदस्य केसीले संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कार्य सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची समेत रहेको छ ।

सभामुख निर्वाचन तालिका सार्वजनिक हुने

आजकै बैठकबाट सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिनेछ। सर्वदलीय बैठकले चैत २२ गते सभामुखको निर्वाचन गर्ने सहमति गरिसकेको छ । सोही अनुसार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम निर्वाचनको मिति घोषणा गर्नेछन् ।


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:३०
#रवि लामिछाने #प्रतिनिधिसभा #हर्क साम्पाङ #नेपाल राजनीति #संघीय संसद #प्रचण्ड #संसद अधिवेशन #रामचन्द्र पौडेल #ज्ञानबहादुर शाही #रामबहादुर थापा बादल #अर्जुननरसिंह केसी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान
विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालले थाल्यो हस्ताक्षर अभियान बुधबार, असोज २८, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ?
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीचको भेटवार्तामा के भयो कुराकानी ? मंगलबार, असोज २७, २०८३
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ? मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी
सांसद खगेन्द्र सुनारले आरोपबारे दिए स्पष्टीकरण, एआई प्रयोग भएको दाबी मंगलबार, असोज २७, २०८३
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै मंगलबार, असोज २७, २०८३
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास
चुनाव केन्द्रित रणनीतिमा एमाले : ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ
काठमाडौंमा हवाई फायर गरेर ब्राउन सुगरसहित बीरगंजका बसरुदिन मियाँ पक्राउ वीरगंज सिटी
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद
दोषी ठहरिएका शर्माको निलम्बन फुकुवा गर्ने निर्णयले बढायो विवाद वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी वीरगंज सिटी
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सरकारले दियो पुरस्कार वीरगंज सिटी
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने
नेपालले ओमानविरुद्ध टस जित्यो, पहिले ब्याटिङ गर्ने वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ?
रामबाबु गुरुङ किन ‘कबड्डी’कै खेलमा रमाइरहेका छन् ? वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP