उपत्यकामा यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा ४८ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त कालीमाटी तथा मातहतका इकाइले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना र प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको हो ।
उपत्यकाका विभिन्न स्थानमा रहेका बस टिकट काउन्टरमा कार्यरत व्यक्तिहरूले बस तथा सुमो चढेर उपत्यका बाहिर जान लागेका यात्रुलाई जबर्जस्ती तानातान गरेको गुनासो आएपछि प्रहरीले कारबाही स्वरूप उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।