काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनुसन्धानका लागि थप दुई दिन म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओलीमाथि जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो । आयोगको सिफारिसका आधारमा वर्तमान सरकारले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको हो ।
अस्वस्थ रहेका ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध पनि अनुसन्धानका लागि थप दुई दिन म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले उक्त आदेश गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गृहमन्त्रीको हैसियतमा उनको भूमिकामाथि प्रश्न उठाउँदै जाँचबुझ आयोगले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
अदालतले दुवै नेता—तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक—विरुद्ध थप दुई दिन म्याद थप गर्ने आदेश दिएको हो । उनीहरू दुवै जना चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका थिए ।