कलाकार सागर लम्साल (बले)लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–कपनस्थित बालुवाखानी क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो। गम्भीर प्रकृतिको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लम्सालमाथि बलात्कारको आरोप लागेको छ। आरोप लगाउने महिला पनि कलाकार परिवारसँग सम्बन्धित रहेको जनाइएको छ ।
अमेरिकामा बसोबास गर्दै आएकी ती महिलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सागर लम्सालले आफूमाथि अमेरिकामै बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।