अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले खड्कालाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा खड्का ऊर्जामन्त्रीको जिम्मेवारीमा थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।