आज वि.सं. २०८२ साल चैत्र २४ गते मंगलबार (ई.सं. २०२६ अप्रिल ७) परेको छ । नेपाल संवत् ११४६, सिद्धार्थी संवत्सर, उत्तरायण तथा वसन्त ऋतु रहेको छ ।
आज वैशाख कृष्णपक्ष अन्तर्गत पंचमी तिथि दिउँसो २ बजेर ३६ मिनेटसम्म रहनेछ । त्यसपछि षष्ठी तिथि प्रारम्भ हुनेछ । ज्येष्ठा नक्षत्र राति ४ बजेर ६ मिनेटसम्म रहनेछ र त्यसपछि मूल नक्षत्र लाग्नेछ ।
योग व्यातिपात दिउँसो २ बजेर ५७ मिनेटसम्म रहनेछ भने त्यसपछि वरियान योग लाग्नेछ । करण तैतिल दिउँसो २ बजेर ३६ मिनेटसम्म, त्यसपछि गर र राति ३ बजेर ३८ मिनेटपछि वणिज रहनेछ। चन्द्रराशि वृश्चिक रहेको छ ।
काठमाडौंमा आज सूर्योदय बिहान ५ बजेर ५० मिनेटमा र सूर्यास्त बेलुकी ६ बजेर २३ मिनेटमा हुनेछ। दिनमान ३१ घडी २३ पला रहेको छ ।
आजको बार बेला (शुभ–अशुभ समय):
बिहान ५:५० सम्म रोग बेला रहेको छ ।
५:५१ देखि ७:२५ सम्म उद्वेग बेला रहनेछ ।
७:२६ देखि ८:५९ सम्म चर बेला रहेको छ ।
९:०० देखि १०:३३ सम्म लाभ बेला रहेको छ ।
१०:३४ देखि १२:०७ सम्म अमृत बेला रहेको छ ।
१२:०८ देखि १:४१ सम्म काल बेला रहनेछ ।
१:४२ देखि ३:१५ सम्म शुभ बेला रहेको छ ।
३:१६ देखि ४:४९ सम्म रोग बेला रहनेछ ।
४:५० देखि ७:४९ सम्म काल बेला रहनेछ ।
👉 शुभकार्य तथा यात्रा गर्न लाभ बेला र अमृत बेला उत्तम मानिएको छ ।
राहुकाल:
आज दिउँसो ३ बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४९ मिनेटसम्म राहुकाल रहनेछ ।
👉 यस समयमा कुनै पनि शुभ कार्य नगर्नु शास्त्रीय मान्यता रहेको छ ।
ब्रह्म मुहूर्त:
बिहान ४ बजेर १४ मिनेटदेखि ५ बजेर २ मिनेटसम्म ब्रह्म मुहूर्त रहेको छ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
कुटुम्बसँग आर्थिक कारोबार बिग्रन सक्छ । काममा अवरोध र आलोचना बढ्न सक्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस् ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):
व्यापार तथा लगानीबाट आम्दानी हुनेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ। अध्ययनमा सफलता मिल्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):
प्रतिस्पर्धामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
उपहार प्राप्ति र सन्तानबाट सहयोग मिल्नेछ । अध्ययनमा उत्कृष्ट नतिजा आउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
परिवारमा मनमुटाब हुन सक्छ । प्रेममा दूरी बढ्न सक्छ। मेहनत बढाउनुपर्ने समय छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
साहस बढ्नेछ। लगानीबाट लाभ हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते):
प्रशंसा र समर्थन प्राप्त हुनेछ । परिवारसँग रमाइलो समय बित्नेछ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
नयाँ कामबाट फाइदा हुनेछ। प्रेम र अध्ययनमा सफलता मिल्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):
खर्च बढ्नेछ। प्रेममा गलतफहमी हुन सक्छ । विदेश सम्बन्धी काममा सफलता मिल्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
अनलाइन व्यापार र लगानीबाट लाभ हुनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा):
सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापारमा राम्रो अवसर आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
बौद्धिक र सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ ।
तपाईंको दिन शुभ रहोस् ।