अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो । उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित बाज क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।
सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सोमबार उनलाई एक लाख ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
हाल इन्जिनियर दासमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।