पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरिसकेको भए पनि उनीहरू हाल नेपालबाहिर रहेकाले पक्राउ गर्न सकिएको छैन । “अदालतले अनुमति दिइसकेको छ, तर उहाँहरू विदेशमा भएकाले नियन्त्रणमा लिन सम्भव भएको छैन,” स्रोतले भन्यो ।
हाल देउवा दम्पत्ति विदेशमै रहेको बताइएको छ ।