सप्तरी प्रहरी ले अभद्र व्यवहार मुद्दामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
अभद्र व्यवहार मुद्दामा महादेवा गाउँपालिका – ६ निवासी २८ वर्षीय ललटु यादव र राजविराज नगरपालिका–१० निवासी २५ वर्षीय ओमकुमार मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी का अनुसार यादवमाथि सार्वजनिक सडकमा स्थानीय हरीनारायण यादवलाई गालीगलौज गर्नुका साथै बाँसको फट्टा र लाठी प्रयोग गरी कुटपिट गरेको आरोप छ ।
त्यसैगरी, मण्डललाई राजविराज – ७ क्षेत्रमा शंकास्पद अवस्थामा फेला पारेर नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै गालीगलौज गर्दै ड्युटीमा अवरोध पुर्याएको आरोपमा पक्राउ गरिएको हो ।
दुवै घटनामा संलग्न प्रतिवादीहरूलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरी सप्तरी जिल्ला अदालत बाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।