हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय निलम्बन फुकुवा भएसँगै पुनः आफ्नो पदमा फर्किएका छन् ।
क्याम्पस व्यवस्थापन समितिको २०८२ साल चैत २४ गते बसेको बैठकले छानबिन प्रक्रिया सम्पन्न भइसकेको निष्कर्ष निकाल्दै रायमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । यसअघि २०८२ असोज २९ गतेको निर्णयअनुसार उनलाई छानबिनका लागि निलम्बन गरिएको थियो ।
समितिको निर्णयपछि किशोरी रायलाई पुनः क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको थियो । सोही अनुसार उनले क्याम्पसमा हाजिर भई नियमित कामकाज सुरु गरिसकेको जनाइएको छ ।
रायको पुनरागमनसँगै क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधि पुनः पुरानै लयमा फर्किने अपेक्षा गरिएको क्याम्पस स्रोतले जनाएको छ ।