जिल्ला प्रहरी कार्यालय पर्साले लागुअाैषध सहित एकजना युवा युवतीलाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६, इनर्वागाँउ स्थित सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट इनर्वागाँउको चेकिङ टोलीले भारतको रक्सौलबाट नेपालतर्फ शंकास्पद अवस्थामा पैदल आउँदै गरेका दुई व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हाे ।
चेकिङ टोलीले बारा, कोल्बी नगरपालिकाका २१ वर्षीय अनिल पौडेल र सोही स्थानकी २० वर्षीय प्रेरणा पौडेललाई खानतलासी गर्दा उनीहररूले बोकेको कालो जेब्राझोलामा नेट्राभेट १० "Nitravet-10" लेखिएको दुई सय ९४ पिस ट्याब्लेट फेला परेको हो ।
पक्राउ परेका दुबैजना विरूद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।