सिराहाको सुखीपुर नगरपालिका – ८ महदेवा क्षेत्रबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय सुशिल कुमार चौधरी रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट ९९० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।