प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।
चेरनेटा–बरौला सडक खण्डअन्तर्गत माण्डवी गाउँपालिका – ५ रम्दीबेँसी क्षेत्रमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा माण्डवी गाउँपालिका – ५ सिख्रे निवासी ४८ वर्षीय यामबहादुर घर्ती रहेका छन् । उपचारका क्रममा प्यूठान अस्पताल विजुवारमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ना. ८ प २४२६ नम्बरको टिप्परले लु. ५१ प २०९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।