नेकपा एमाले पर्सा जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सोमबार वीरगंजमा सम्पन्न भएको छ ।
बैठकमा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले पार्टी संगठनलाई ग्रासरुटस्तरमा निर्माण गर्न मिशन ८४ को लक्ष्य सहित कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले पार्टीमा इमान्दार र निष्ठावान कार्यकर्ताले मात्र अाउने दिनमा अवसर पाउने बताएका छन् ।
बैठकमा मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्य जालिम मियाँ, ठाकुर प्रसाद न्यौपाने, मुन्नी श्रीवास्तव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपाध्यक्ष मनोज कुमार गुप्ताले प्रस्ताव प्रस्तुत गरेका थिए भने सचिव महेश दासले बैठकको सहजीकरण गरेका थिए ।
बैठकले सचिवालय गठन, कार्यविभाजन र जिल्ला कमिटी सदस्यमा मनोनयन समेत गरेको छ । कार्यक्रम पर्सा जिल्ला कमिटीका अध्यक्ष डा. विशम्भर कुमार शर्माकाे अध्यक्ष्तामा समपन्न भएको थियोे ।