सरकारले गत भदौ २३ र २४ गते भएका घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्की को संयोजकत्वमा समिति गठन गरेको जनाएको छ ।
समितिमा सुबोध अधिकारी ( सशस्त्र प्रहरी बलका पूर्व एआईजी ) र टेक प्रसाद राई ( नेपाल प्रहरीका पूर्व एआईजी ) सदस्यका रूपमा रहेका छन् ।
समितिले उक्त घटनामा सुरक्षा संयन्त्रको भूमिका र जिम्मेवारीबारे छानबिन गरी प्रतिवेदन पेश गर्नेछ ।